+

स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

२०८१ असार  २३ गते ८:१६ २०८१ असार २३ गते ८:१६
स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

२३ असार, काठमाडौं । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको डुसेलडर्फमा शनिबार राति भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएको हो । निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

इंग्ल्याण्डका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले अन्तिम पेनाल्टी गोलमा परिणत गर्दै जित पक्का गरेका थिए ।

इंग्लाण्डका लागि पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा स्विट्जरल्याण्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका मानुएल अकान्जी भने चुके ।

इंग्ल्याण्डका लागि कोल पाल्मर, जुड बेलिङघम, बुकायो साका, इऐन टोनी, र आर्नोल्डले गोल गरे ।

स्विट्जरल्याण्डका लागि फिबयन सार, जेद्रान शाकिरी र जेकी अम्डाउनीले पेनाल्टीमा गोल गरे । अकान्चीको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाए ।

त्यसअघि खेलमा स्वीट्जरल्याण्डले पहिले अग्रता लिएपनि जोगाउन सकेन । खेलको ७५ औं मिनेटमा ब्रेल इम्बोलोको गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए तर बुकायो साकाले ८०औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए ।

इंग्लयाण्डले अब स्मिफाइनलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय