+

टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स सेमिफाइनलमा

२०८१ असार  २३ गते ८:२२ २०८१ असार २३ गते ८:२२
टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स सेमिफाइनलमा

२३ असार, काठमाडौं । टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले एक गोलले पछि परेको स्थति उल्ट्याएर टर्कीलाई २-१ ले हरायो ।

नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । टर्कीका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो ।

त्यसअघि समेट अकायडिनको ३५औं मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा यो अग्रता कायम रहेपनि दोस्रो हाफमा डच टोली खेलामा फर्कियो ।

७० औं मिनेटमा नेदरल्याण्ड्सका स्टेफान डे भर्जिलले बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि नै टर्कीका मुलडुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले २-१ अग्रता बनायो । त्यही अग्रता कायम राख्दै नेदरल्याण्ड्स ससेमिफाइनल प्रवेश गरेको हो ।

अब नेदरल्याण्ड्सले सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय