
फाइल तस्वीर ।
२३ असार, पाल्पा । अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।
दुई दिनदेखि परेको झरीका कारण तानसेन नगरपालिका-८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि पहाड र तराईको यात्रामा निस्केकाहरू बीच बाटोमा रोक्किएका छ्न् ।
शनिबार दिनभरजसो अवरुद्ध भएको सिद्धार्थ राजमार्ग बेलुकीपख एकतर्फी रूपमा खुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4