+
+

यस्तो छ आइतबार विदेशी मुद्रा विनिमयदर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते ९:१४

२३ असार, काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ शुक्रबारको तुलनामा २ पैसा घटेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८८ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २८ पैसा तोकेको छ ।

मलेसियन मुद्रा रिंगिटको भाउ स्थिर छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४३ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३० पैसा छ ।

एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७१ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५३ पैसा तोककिएको छ ।

यूएई दिराम भाउ एक पैसा घटेको छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

१० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३२ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९८ रुपैयाँ ३६ पैसा तथा अस्ट्रेलियन डलरको ९० रुपैयाँ १५ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?