+
+

वेब-सिरिज ‘घर बट इन अमेरिका’ बाट अरुणिमा लम्सालको कमब्याक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते ११:३१

काठमाडौं । कुनै समय चर्चाको शिखरमा रहेकी फिल्म अभिनेत्री अरुणिमा लम्सालको अभिनयमा पुनरागमन तय भएको छ । उनले केही दिनअघि उनले अमेरिकामा ‘घर बट इन अमेरिका’ फिल्ममा अभिनय गरेकी छन् ।

यो वेब–सिरिजलाई अभिनेता समेत रहेका विमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । अरुणिमाको यो कमब्याक १० वर्षपछि सम्भव भएको हो । उनले पछिल्लोपटक ‘पिपल’ मा अभिनय गरेकी थिइन् ।

निर्देशक समेत रहेका अधिकारीले पनि यो वेब-सिरिजमा अभिनय गरिरहेका छन् । कुनै समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चस्व जमाएका अधिकारीले सयौं म्युजिक भिडियो र केही फिल्ममा अभिनय गरेका छन् ।

सन् २०१५ देखि अमेरिकामा बस्दै आएका उनले फिल्म ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंगबहादुरको कोट’ फिल्ममा अभिनय गरेका थिए ।

सिचुएसनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए । विवेक चम्लागाईंले लेखेको सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेसनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा छ ।

पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् ।

अहिले पहिलो सिजन छायांकन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन । निर्देशक अधिकारीले पहिलो सिजन छायांकनपछि मात्र यसबारे जानकारी दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?