+
+

प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १२:०२

२३ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन सुझाएको थियो ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् । यही असार २८ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिए विश्वासको मत नदिने निर्णय एमाले संसदीय दलले गरेको छ ।

‘वर्तमान सरकारलाई एमाले लगायत बिभिन्न राजनीतिक पार्टीहरुले दिएको समर्थन फिर्ता लिइसकेपछि स्पष्ट अल्पमतमा परेको छ । अझै पनि राजीनामा दिएको अवस्था छैन् । राजीनामा नदिइ बस्नु अनुचित हो,’ बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा  दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई सहयोग गर्ने गरी मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

एमालेले राष्ट्रिय सरकार गठनका लागि कांग्रेसले गरेको निर्णयको स्वागत गरेको छ । कांग्रेस र एमालेले यही असार १७ गते सत्ता समीकरणमा समझदारी गर्दै आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेका छन् । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने दुई दलबीच समझदारी भएको छ ।

अल्पमतमा परेर सरकार कामचलाउ भइसके पनि मन्त्रिपरिषदबाट विभिन्न निर्णय गरिरहेको भन्दै एमालेले कुनै पनि निर्णय नगर्न सचेत समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?