+
+

संविधान संशोधन पश्चगमन होइन : ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १२:१३

२३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताए । ‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौं । ती समस्या हल गर्ने गरी संविधान संशोधन गर्ने भनिएको हो’ ओलीले दलको बैठकमा भने, ‘राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन ।’

संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने ओलीले बताए । ‘देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरु सहितको राष्ट्रिय सरकार बनाउँदैछौं । यो सरकारमा सबैले सहभागी हुनुपर्छ’, ओलीले भने ।

बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको छ । सँगै, नयाँ सरकार बनाउने सहमति ठूला दलहरूले गरिसकेकाले विश्वासको मत लिने बाटोतिर नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?