+
+

प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्यो एमाले

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १२:४२

२३ असार, काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो ।

हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा छ । एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगै बस्न पुगेको छ । आइतबारको बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेञ्चमा देखिएका हुन् ।

प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन भनेको छ । राजीनामा नदिएर संसदमा विश्वासको मत परीक्षण गरे विश्वासको मत नदिने एमालेको निर्णय छ ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।

प्रतिपक्षी बेन्चबाट बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले बहुमत गुमाएको बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ राष्ट्रिय सरकार निर्माण गर्ने सहमति भएको छ । नयाँ राष्ट्रिय सरकार निर्माणको यो एउटा अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु’, बर्तौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?