+
+

नानुमैयाको ‘खुला आकाशमुनि’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १२:४२

२३ असार, विराटनगर । नानुमैया दाहालको मुक्तक संग्रह ‘खुला आकाशमुनि’ विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा दाहालको रचना विमोचन भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

मुक्तक संग्रहमाथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए । मुक्तक संग्रहले राजनीतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रुपमा प्रस्तुत गरेको उनले बताए । संग्रह पठनीय र संग्रहनीय भएको उनको भनाइ छ ।

मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ वटा मुक्तक समावेश छन् ।

पुस्तक विमोचन गर्दै प्राज्ञ डा. धनप्रसाद सुवेदीले खुला आकाशमुनिले नेपाली मुक्तक विधाको विकासमा योगदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?