+
+

उपसभामुखको अभिव्यक्तिमाथि छानबिन गर्न कांग्रेस सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १२:५६

२३ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘यही असार १६ गते संसद् दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु सञ्चारमाध्यमहरुमा आए । त्यो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्चले यही असार १६ गते संसद् भवनकै लोत्से हलमा राखेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख इन्दिरा रानाले सांसदहरु संसद भवनमै निदाउने गरेको बताएकी थिइन्

उनले भनेकी थिइन्, ‘…घ्वार्र घ्वार्र सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखें । अलिअलि रेकर्ड पनि गरेर राखेकी छु मैले । यो सुत्ने तरिकाले चाहिं हामी सभामा नबसौं । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई त । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् !’

उपसभामुखको यही अभिव्यक्तिमा कांग्रेसकी सांसद पौड्यालले आपत्ति जनाउँदै छानबिनको माग गरेकी हुन् ।

सांसद पौड्यालले भनेकी छन्, ‘हामी सांसदहरुलाई जुन आरोपहरु लगाइएको छ त्यो जायज छ कि नाजायज छ ? यसको छानबिन गर्नुपर्छ भन्ने यहाँ राख्न चाहन्छु ।’

विगतका उपसभामुखहरुको बोल्दे शैली ख्याल गर्न समेत उनले उपसभामुख रानालाई सुझाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?