+
+

अम्बानीको विवाहमा जस्टिन बिबरको महंगो प्रस्तुति, लिए ८३ करोड भारु पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १२:५६

काठमाडौं । क्यानडेली गायक जस्टिन बिबरले हालैको आफ्नो भारत भ्रमणमा निकै रमाइलो गरेको देखिन्छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिए ।

इन्स्टाग्राम पोस्टबाट बिबरले अम्बानीको विवाह समारोहका रमाइला भिडियो र तस्वीर पोस्ट गरेका छन् । उनले अम्बानीको परिवारसँगका क्याजुअल तस्वीरहरु पनि पोस्ट गरेका छन् ।

मुम्बईको नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा भएको सांस्कृतिक प्रस्तुतिमा उनलाई सुन्न बलिउड सेलिब्रटी पनि पुगेका थिए । उनले आफ्ना लागि अम्बानी परिवारले उपलब्ध गराएको विलासी गाडीको पनि फोटो सेयर गरेका छन् ।

जस्टिनले ‘लभ योरसेल्फ’, ‘आईएम द वन’ र ‘हेयर आर यू नाउ’ जस्ता चर्चित गीत पनि गाए । उनले भारतीय इन्फ्लुएन्सर ओरीसँगको प्रस्तुतिमा पनि रमाइलो गरेको देख्न सकिन्छ ।

जस्टिनले अम्बानीको संगीत सेरोमनीमा प्रस्तुति दिन ८३ करोड भारु पारिश्रमिक लिएको जनाइएको छ । यसअघि रिहानाले पनि झण्डै ७० करोड भारु हाराहारीमा पारिश्रमिक लिएकी थिइन् ।

केही दिनमा नै अनन्त र राधिकाको विवाह समारोह हुँदैछ । जस्टिन भने अम्बानीको संगीत सेरोमनीमा सहभागी भएर अमेरिका फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?