+

बुकायो साका भन्छन् : हामीले इतिहास रच्‍न अब दुई खेल टाढा छौँ

२०८१ असार  २३ गते १३:२७ २०८१ असार २३ गते १३:२७
बुकायो साका भन्छन् : हामीले इतिहास रच्‍न अब दुई खेल टाढा छौँ

२३ असार, काठमाडौं । इंग्ल्याण्डका फरवार्ड बुकायो साकाले आफ्नो टिमका खेलाडीहरुको जीवन परिवर्तन गर्न र इतिहास बनाउनका लागि अब दुई खेल मात्र टाढा रहेको बताएका छन् ।

जर्मनीमा जारी युरो २०२४ अन्तर्गत स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल पुगेपछि साकाले यस्तो बताएका हुन् ।

सन् २०२० को युरो फाइनलमा इटलीविरुद्ध साकाले पेनाल्टी मिस गरेका थिए। जहाँ इंग्लयाण्ड पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो । इटलीविरुद्ध पेनाल्टी मिस गरेपछि आफूले पेनाल्टी हान्न अझै धेरै अभ्यास गरेको बताए ।

यसपटक इंग्ल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हरायो ।

‘हामीलाई थाहा छ । अब दुई खेल बाँकी छ र जसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ र केही इतिहास पनि बन्नेछ जुन अहिलेसम्म भएको छैन ।’ साकाले भने । ‘हामीले अहिले त्यसैमा केन्द्रित छौँ । हामी आजको रात रमाइलो गर्छौँ र अर्को खेलमा केन्द्रित हुनेछौँ ।’ साकाले स्वीट्जरल्याण्डलाई हराएपछि भनेका छन् ।

इंग्ल्याण्डका प्रशिक्षक ग्यारथे साउथगेटले पनि आफ्नो टिम ऐतिहासक बनाउनबाट केही कदम टाढा रहेको बताएका छन् ।

इंग्ल्याण्डले युरो २०२४ को दोस्रो सेमिफाइनलमा बुधबार नेदरल्याण्ड्ससँग डर्टमण्डमा खेल्नेछ ।

इंग्ल्याण्ड बुकायो साका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय