+
+

अवरुद्ध राजमार्ग खुलाउने उपकरण दिन सदस्यलाई महासंघको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १५:५४

२३ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले देशभर अवरुद्ध राजमार्ग तथा बाटोघाटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आवश्यक पर्ने यन्त्र-उपकरण उपलब्ध गराउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘विपद्को यस घडीमा देशभरिका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्न सम्बन्धित सबै निकायलाई आ-आफ्ना यन्त्र-उपकरण उपलब्ध गराई सहयोग गर्न निर्माण व्यवसायीलाई अपिल गर्दछ ।’

बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र उद्धारमा सक्रिय हुन समेत महासंघले अपिल गरेको छ ।

पहिरो र बाढीले विभिन्न आयोजनामा समेत क्षति पुगेको भन्दै महासंघले सरकारसँग राहतको अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?