+
+

जसपा नेपालले गर्‍यो मधेश प्रदेश सभा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १५:४६

२३ असार, जनकपुरधाम । आगामी आर्थिक वर्षको बजेट र रातो किताब संशोधनको माग गर्दै जसपा नेपालले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

बजेटमा छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा बैठकको सुरुमै जसपा नेपालका प्रदेश सांसद राजुप्रसाद गुप्ताले सरकारको आधिकारिक धारणा माग गरे ।

उनले १६ गते चार दलले मुख्यमन्त्रीलाई तीन सूत्रीय मागसहित ध्यानाकर्षण पत्र बुझाउँदासमेत अहिलेसम्म सम्बोधन नभएकाले बैठक चल्न नदिने बताए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डललेले गत शुक्रबारको बैठक अवरुद्धपछि विनियोजन विधेयक संशोधन गर्ने सहमति भइसकेको जानकारी गराउँदै बैठक चल्न दिन आग्रह गरे । तर सांसद गुप्ताले त्यस विषयमा छलफल भए मात्र बैठक चल्न दिने बताएपछि जसपाका सांसदहरू उठेर अवरोध गरे ।

त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । पौने १ बजे स्थगित भएको बैठक एक घण्टा बित्दासम्म सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?