+
+

काेशीकाे लाेकसेवा आयोग अध्यक्षमा गुरागाईं नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १७:३८

२३ असार, विराटनगर । काेशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । उनी नेपाल सरकारका पूर्वसचिव हुन् ।

आइतबार बसेकाे सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंकाे नाम सिफारिस गरेकाे थियाे । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।

दुई वर्ष अघि नेपाल सरकारको सचिवबाट अवकाश पाएका गुरागाईं मोरङको मंगलबारेका बासिन्दा हुन् ।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष समावधि ६ वर्षको हुन्छ । यसअघि उतम भट्टराईले लोकसेवा आयोगको अध्यक्षबाट उमेरहदका कारण अवकाश पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?