+
+

धुर्मुस-सुन्तलीले युरोपका नेपालीलाई हँसाउने, फिनल्याण्डबाट ‘कमेडी टुर’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १८:१९

काठमाडौं । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पहिलोपटक विभिन्न युरोपेली मुलुकमा प्रस्तुति दिने भएका छन् । कलाकारिता यात्रामा अमेरिका लगायत देशमा पुगेका उनीहरुले युरोपमा यसपटक प्रस्तुति दिने भएका हुन् ।

उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशमा बसोबास गर्दै आएका नेपाली दर्शकलाई हँसाउँने जनाइएको छ । ‘धुर्मुस सुन्तली साँझ’ नाम दिइएको यो युरोप टुर जुलाई ८ मा फिनल्याण्डबाट सुरु हुनेछ । फिनल्याण्डमा चौतारी इभेन्ट्सले कार्यक्रम गर्न लागेको हो । दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा हुने बताइएको छ । यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रम हुने जनाइएको छ ।

माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ । धुर्मुस-सुन्तलीको साथमा गायक विष्णु खत्री र तुलसी सिवाकोटीको पनि प्रस्तुति रहने छ ।

पाँच वर्षपछि धुर्मुस र सुन्तली विदेश यात्रामा निस्कन लागेका हुन् । उनीहरु पछिल्लोपटक २०७५ सालको अन्तिममा दुबईको एक कार्यक्रममा पुगेका थिए । ‘अहिले युरोपमा रहनुभएका नेपालीलाई भेट्न मौका पाउँदा खुसी लागेको छ । धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुति देखाउन तयारी गर्न पाउँदा निकै खुसी लागेको छ,’ सीतारामले भने ।

आगामी दिनमा अन्य देशमा पनि कुरा भइरहेको र अब निरन्तर कलाकारितामै सक्रिय रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?