+
+

उर्लाबारीमा २० करोड लगानीमा बसपार्क बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १६:३६

२३ असार, काठमाडौं । मोरङ उर्लाबारीमा २० करोड रुपैयाँ बराबर लगानीमा बसपार्क निर्माण हुने भएको छ । नगरपालिकाले नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गर्न लागेको हो ।

कुल २० करोड ३ लाख ४७ हजार लागतमा निर्माण हुन लागेको बसपार्कका लागि आज नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलबीच ऋण सम्झौता भएको हो ।

सापकोटाका अनुसार कुल लागतको ६० प्रतिशतले हुन आउने १२ करोड २ लाख ऋण र १० प्रतिशतले हुन आउने २ करोड ३४ हजार अनुदान सम्झौता भएको हो । कुल लागतको ३० प्रतिशत अर्थात् ६ करोड १ लाख रुपैयाँ भने नगरपालिकाले बेहोर्ने सम्झौतामा उल्लेख छ ।

उर्लाबारी नगरपालिका–६ मा नगरपालिकाको करिब १ बिघा १३ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुने यो आयोजनालाई पूर्वपश्चिम राजमार्गमा आवत जावत गरिने सवारीसाधन व्यवस्थापन तथा नगरको शौन्दर्यीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको मेयर खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?