+
+

भारी वर्षाले रेसुङ्गाका विद्यालयमा बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते २०:१०

२३ असार, गुल्मी । निरन्तरको भारी वर्षाका कारण गुल्मीको रेसुङ्गा नगरपालिकाका विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा सोमबार एक दिन बिदा दिने निर्णय गरेको हो ।

अविरल वर्षाका कारण विद्यार्थीहरूलाई आवतजावतमा समस्या भएको र जोखिमसमेत बढेको हुँदा बिदा दिइएको शिक्षा शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?