+
+

बागमतीको मन्त्रिपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते २०:१९

२३ असार, हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आइतबार बस्यो । केन्द्रको सत्ता समीकरणबाट बाहिरिसकेको नेकपा एमालेले बागमतीमा हालसम्म समर्थन फिर्ता लिएको छैन ।

तर नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले नेतृत्व गरिरहेको मन्त्रिपरिषद् बैठकमा आइतबार एमालेका पाँच जना मन्त्री नै अनुपस्थित रहे ।

बैठकमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका चार जना मन्त्री गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका ३ जना मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र रमा आले मगर उपस्थित छन् ।

मन्त्रिपरिषद् बैठकमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य पनि उपस्थित छैनन् ।

एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर भोलि राजीनामा बुझाउने तयारी भएको छ ।

शुक्रबार नै सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरे पनि जम्कट्टेल काठमाडौंमा रहेका कारण सम्भव नभएको एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?