+
+

डेलिगेट भण्डारीलाई अमेरिकामा विधायिकी नेसनल अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते ५:४३

मेरिल्याण्ड (अमेरिका) । नेसनल एसोसिएसन अफ डेफ (एनएडी)ले मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट डा. हयारी भण्डारीलाई नेसनल लेजिष्लेटिभ (विधायिकी) अवार्डले पुरस्कृत गरेको छ ।

भण्डारीले अमेरिकाभरका विधायकवाट उनीहरुले निर्माण गरेको कानुनको प्रभावकारिताको आधारमा छनोट गरि दिइने अवार्ड प्राप्त गरेका हुन् । भण्डारी अमेरिकामा नेपाली मूलका पहिलो विधायकको रुपमा दुई पटक सम्म निर्वाचित जनप्रतिनिधि हुन् ।

सिकागो राज्यमा आयोजित ५७ औ नेसनल कन्भेन्सन अफ डेफमा उक्त अवार्ड प्रदान गरिएको हो । सन् १८५० मा अमेरिकाको न्यू इंग्ल्याण्डमा स्थापना भएको नेसनल संस्थाले नागरिकको अधिकारको लागि कार्य गर्दै आएको छ ।

श्रवण, दृश्य शक्ति कमजोर भएका र पूर्णरुपमा अपांगता भएका लाखौ अमेरिकी र उनीहरुको परिवारको जीवनस्तर उकास्नको लागि वकालत गर्दे आएको उक्त संस्था पुरानो इतिहास बोकेको संस्था हो ।

उक्त संस्थाका सदस्यमा युएस मेम्बर अफ दि वल्र्ड फेडेरेशन अफ दि डेफ जस अन्र्तगत १ सय २० देशका एशोसियसन अफ डेफका सदस्य छन् । अमेरिका र विश्वभरबाट जम्मा भएका उक्त क्षेत्रका व्यक्तिहरुको सामु भण्डारीलाई अवार्ड प्रस्तुत गरिएको थियो । उक्त सम्मेलन जुलाई १ देखि ६ तारिखसम्म सिकागोमा जारी छ ।

नागरिक अधिकारको क्षेत्रमा १७० वर्षदेखि काम गर्दे आएको उक्त संस्थाको हरेक दुई वर्षमा हुने सम्मेलनमा अमेरिका भरिवाट विधायकले पास गरेको विधेयकको आधार र प्रभावकारितामा उक्त अवार्ड प्रदान गरिन्छ । एक राज्यले पास गरेको विधयेकको विषयलाई अरु राज्यमा पनि प्रभावकारिताको आधारमा कानून निर्माणको लागि मार्ग प्रशस्त हुन्छ ।

त्यसलाई आफनो सदस्य राष्ट्रमा पनि अध्ययन, अनुसन्धान र तथ्यांकको आधारमा प्रमाणित गर्दे सर्वस्वीकार्यताको मापदण्डलाई समेत उत्कृष्ट नमुनाको रुपमा लिदै उक्त विधयेकलाई सन्दर्भ सामग्रीकोरुपमा उपयोग गर्दे अनुबन्ध गरिन्छ ।

मेरिल्याण्ड जनरल एसेम्वलीमा दोस्रोपटक निर्वाचित भएर भण्डारीले २३ विधयेक पास गराएका छन् । त्यस मध्येको एउटा विधयेक डेफ एण्ड हेयरिङ्ग सम्वन्धि विधयेक हो जुन विधेयकले फिल्म हलमा श्रवण शक्ति कमजोर भएकाको लागि ‘ओपन क्याप्सन’मार्फत अडियो संवाद प्रस्तुत गर्न बाध्यकारी बनाएको छ ।

५ वर्ष अघि डेलिगेट भण्डारीले बनाएको सो विधेयकले श्रवण शक्ति कमजोर भएका अभिभावकले आफ्ना सन्तानसँग हुने संवादमा अभिभावकले सांकेतिक भाषामा समस्या भएको अनुसन्धानले देखाएकोले उनीहरुलाई निः शुल्क शिक्षाको लागि समेत वाईपार्रेटेशन विल रुपमा पारित गराएका थिए ।

साथै, उनीहरुलाई आवश्यक शैक्षिक सामाग्री पनि उपलब्ध गराउने व्यवस्था भएको थियो । सिकागोमा अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै भण्डारीले भने– ‘नागरिकको सेवामा खटिएको र नागरिकले निर्वाचन मार्फत आवश्यक कानुन वनाउन निर्वाचित गरेकाले हरेक वर्ग र तप्काको नागरिक अधिकार मेरो पहिलो प्राथमिकता हो ।’

उनले अघि भने– मैले सँधै आवाजविहिनको आवाज बन्न कोसिस गर्दै आएको छु । मैले मेरिल्याण्डवाट पास गरेको विधयेकले भवितव्य या अन्य कारणले श्रवण, दृश्य शक्तिलाई गुमाउनु भएकाहरुको हक अधिकार एउटा मानव अधिकारको अभिन्न अंग हो भन्ने आत्मसात गरेर नै सो विधयेक संसदमा प्रस्तुत गरेको थिएँ ।’

आवाजविहीनको आवाज वन्न चुनौतीपूर्ण भएपनि आफू उनीहरुको पक्षमा वकालत गर्न तत्पर हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?