+
+

युरो र अष्ट्रेलियन डलर बढ्यो, यस्तो छ आजको विनिमयदर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते ८:४९

२४ असार, काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र अष्ट्रेलियन डलर २२ पैसा महँगिएको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८८ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २८ पैसा तोकेको छ ।

त्यस्तै एक अष्ट्रेलियन डलरको बिक्रीदर भाउ ९० रुपैयाँ ३७ पैसा तथा खरिददर ८९ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक यूरोको बिक्रीदर मूल्य १४५ रुपैयाँ १० पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ ४५ पैसा छ ।

मलेसियन मुद्रा रिंगिटको भाउ स्थिर । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४३ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३० पैसा छ । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७२ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५३ पैसा तोककिएको छ । यूएई दिराम भाउ स्थिर छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा तोकेको छ ।

सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३३ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९८ रुपैयाँ १५ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?