+
+

सांगीतिक फिल्म ‘हिरुलाल’मा विदेशिन बाध्य कर्णालीको पीडा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १०:५३

काठमाडौं । कर्णाली प्रदेशको जनजीवनमा आधारित सांगीतिक फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ । जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको यसमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको सम्मिश्रण गरिएको छ ।

यो म्युजिकल फिल्मले आर्थिक र अन्य अवसरको लागि विदेशिन बाध्य स्थानीयको पीडालाई कथामा प्रस्तुत गरेको छ । कर्णाली र सुदुरपश्चिमबासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन्, भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ ।

यो म्युजिकल फिल्मलाई रतन देवकोटाले निर्देशन गरेका हुन् । ‘आफ्नो पहिलो डेव्यु निर्देशकीय म्युजिकल फिल्ममा आफ्नो गृह प्रदेशको कथाव्यथा प्रस्तुत गर्नुपर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने ।

कम्पोज चक्र बमले गरेका हुन् । उनी गायक पनि हुन् । गायनमा उनलाई रचना रिमालले साथ दिएकी छन् । गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् ।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेणुनाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बमले अभिनय गरेका छन् । अभिनेत्री योगीले कथानक फिल्म ‘प्रकाश’पछि यसमा जुम्लाको स्थानीय महिलाको भूमिका निर्वाह गरेकी हुन् ।

फिल्ममा यो महिला पात्र विदेशिएका पति फिर्ने आशामा छिन् । गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् । पत्रकार टीकाराम यात्रीले सञ्चालन गरेको कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?