+
+

अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट गरिन् अभिनयमा डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते ११:४६
नाटक ‘राधा’मा पारितोषिका पन्त (दायाँ)

काठमाडौं । गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु गरेकी छन् । उनको अभिनय रहेको नाटक मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ ।

उनले मण्डला नाटकघरमा छात्रवृत्तिमा एक वर्षको अभिनय कोर्स सकेकी हुन् । अभिनेता बुद्धि तामाङ लगायतले उनलाई अभिनय सिकाइरहेका थिए ।

मण्डलाबाट अभिनय कोर्स उत्तीर्ण गर्ने विद्यार्थीले बनाएको उक्त नाटक ‘राधा’मा पारितोषिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । नाटकमा उनले शीर्ष पात्र राधाको भूमिका निर्वाह गर्नेछिन् ।

‘एक सन्तानप्रति आमाको माया कहिले पो क्षीण हुन्छ र’ भन्ने थिममा तयार भएको यो नाटकलाई तुलसी परियारले निर्देशन र सुमित्रा बोगटीले लेखेकी हुन् । मंगलबार दिउँसो २ र साँझ ६ बजे यो नाटक देखाउने तयारी छ ।

गायिका पन्तले पनि छोरीले अभिनय गर्न लागेको पहिलो नाटक थिएटरमै पुगेर हेरिदिन आग्रह गरेकी छन् । यो नाटक मण्डला ड्रामा स्कुलको दोस्रो ब्याचको उत्पादन हो ।

केही समयअघि मिडियासँगको कुराकानीमा पारितोषिकाले आफूलाई प्रदीप खड्कासँग फिल्म खेल्न मन लागेको बताएकी थिइन् । केही फिल्म निर्माताले आफूलाई अभिनयका लागि प्रस्ताव समेत राखेको उनले बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?