+
+

कांग्रेस-एमालेलाई सन्तोष परियारले भने– बेचन झाहरूले तपाईंहरूलाई चैन दिने छैनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १२:४६

२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अघि अदालतमा पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो तब राजनीतिक बेचैनीहरू सुरु भयो,’ उनले भने ।

एक वर्ष अघि अभियोग पत्रमा नाम समेत नलिइएका बेचैन झालाई जब वर्तमान सरकारले नियन्त्रणमा लियो त्यसपछि राजनीतिक रूपमा ठूला चलखेल सुरु भएको परियारले दाबी गरे ।

‘सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर जुन चलखेल भएको छ । म अनुरोध गर्न चाहत्छु – बेचन झाहरूको त्यो फाइल अगाडि बढाइयोस् । स्मरण गर्न चाहन्छु– बेचन झाहरूले तपाईंहरूलाई चैन दिने छैनन्,’ परियारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?