+
+

एमालेको प्रमुख सचेतकको चुनौती : क–कसको फाइल खोल्नुपर्ने हो, खोल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १२:४७
फाइल तस्वीर : प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौला ।

२४ असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको बताएका थिए ।

सोमबारको बैठकमा पनि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि बेचन झाको पक्राउले ठूला नेताहरुमा बेचैनी आएको बताएका थिए ।

एमाले प्रमुख सचेतक बर्तौलाले भने अहिले पनि प्रधानमन्त्री र मन्त्री रहेको भन्दै ककसको फाइल खोल्नुपर्ने हो खोल्न चुनौती दिए । उनले भने, ‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, जति दिन पदमा रहनुहुन्छ खोल्नुस् ।’

प्रमुख सचेतक बर्तौलाले भने, ‘धम्की मात्र दिएर पुग्छ ? आज खोल्छु भनेको फाइल किन खोल्नुभएन ? भोलि नयाँ सरकार बनेपछि यो सूचना दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?