+
+

एमालेलाई माओवादीको प्रश्न : विश्वासको मत माग्नु नैतिकता विपरीत हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १२:५६

२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान अनुसार अगाडि बढ्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरिरहेका छन् । तर, प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्दा नैतिकताको विषय उठाइएको भन्दै उनले त्यसको विरोध गरे ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले सोधे, ‘संविधानलाई पालना गर्नु, संविधान अनुसार विश्वासको मत माग्नु नैतिकता भन्दा बाहिरको विषय हो ?’

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् । तर, एमालेका सांसदहरुले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् ।

माओवादी नेता पाण्डेले दुई ठूला दल कांग्रेस र एमालेले मध्यरातमा के सहमति गरे त्यो नेपाली जनताले थाहा पाउन नसकेको बताए । ‘संसदमा नैतिकताको कुरा उठिरहेको छ । मध्यरातमा दुई ठूला दलका बीच के सहमति भएको हो ? त्यो नेपाली जनताले जानकारी पाउनुपर्ने विषय नैतिकताभित्र पर्दैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?