+
+

माओवादी सांसदको आशंका : देशलाई दुई पार्टी पद्धतिमा लान खोजेको त होइन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १३:४५

२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको त होइन भन्ने प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले दुई पार्टी पद्धतिमा लैजान खोजेको भए त्यो पश्चगामी हुने बताए ।

‘यो बयलगाडामा बोकेर ल्याएको संविधान त होइन, हजारौं जनताको त्याग बलिदानबाट प्राप्त संविधान हो । यसले मल्टीपाटी सिस्टम (बहुदलीय व्यवस्था) लाई प्रत्याभूत गरेको छ । हाम्रो समाजमा विविध जाति वर्ग समुदाय छन्, तिनको प्रतिनिधि थलो भनेको मल्टीपार्टी सिस्टम हो’, उनले भने, ‘समाजमा दुई पार्टी सिस्टमको बहस चल्ने गरेको छ । त्यतातिर लान खोजियो भने पश्चगामी हुन्छ ।’

नेपालको संविधानको मुख्य मर्म धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व हो भन्दै उनले संविधान संशोधनको नाममा त्यसलाई अटाउन खोजिए पश्चगमन हुने बताए ।
कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नभएको र त्यसबारे संशय रहेको उनको भनाइ छ ।

विगतमा एमाले र माओवादीबीच गठबन्धन र पार्टी एकता हुँदा नभएको राजनीतिक स्थायीत्वको अहिले परिकल्पना गर्न नसकिने सांसद घर्तीले बताए ।

‘हामीले विगतमा पार्टी एकता गरेर त राजनीतिक स्थायीत्व भएन, त्यहीँबाट झन् संसद विघटनको प्रक्रिया सुरु भयो’ उनले भने ।

संसदीय प्रणालीमा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया हो भन्दै उनले अहिले संविधानमा नभई राजनीतिक व्यवहारमा सुधार आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?