+

साउन्ड टेबल टेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

२०८१ असार  २४ गते १३:५४ २०८१ असार २४ गते १३:५४
साउन्ड टेबल टेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

२४ असार, काठमाडौं । कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सिंगल्सको पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा कुशलले कृष्ण दाहाललाई ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । युवराज लामा र प्रसाईं रुम्बा तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल दृष्टिविहीन टेबल टेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्स फाइनलमा सिर्जनाले रश्मी डंगोललाई ११–७ र ११–४ को सोझो सेटमा हराइन् । प्राप्ति उपाध्याय र संगिता घिमिरे तेस्रो बने ।

साउन्ड टेबल टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय