+
+

वर्षाका कारण ५ हजार ४५९ घण्टा राष्ट्रिय राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १४:४०
फाइल तस्वीर

२४ असार, काठमाडौं । वर्षाका कारण देशभरिका राष्ट्रिय राजमार्गहरू ५ हजार ४५९ घण्टा अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार यो तथ्यांक गत वैशाखदेखि २४ असारसम्मको हो ।

देशभरि यो अवधिमा २१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये सोमबारसम्म २० स्थान बाहेक अन्य स्थानमा भने यातायात सञ्चालनमा आइसकेको र २० स्थानमा भने अझै पनि राजमार्ग अवरुद्ध रहेको विभागले जनाएको छ । यसरी राजमार्ग अवरुद्ध भएका राजमार्ग तथा सडकको संख्या ३१ रहेको छ ।

अवरुद्ध भएकामध्ये १०८ स्थानमा एकतर्फी रुपमा यातायात चलिरहेको छ । ९ वटा राजमार्गमा अहिले पनि अवरोध जारी रहेको विभागको तथ्यांक छ ।

१४ असारसम्म सडकमा भएको अनुमानित क्षति ९ करोड ८८ लाख रुपैयाँ बराबरको रहेको छ । पुलतर्फ जारी मनसुनमा ५ वटा पुलमा क्षति भएको पाइएको छ ।

यसको क्षति २६ करोड ८० लाख रुपैयाँ हाराहारी रहेको विभागको तथ्यांक छ । अहिले अवरुद्ध भएकोमा सोमबार तानसेन–रिडी कोरला खण्डको गुल्मी, महेन्द्र राजमार्गको कञ्चनपुर र मध्यपहाडी राजमार्गको डोटीमा सडक अवरुद्ध भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?