+
+

जेलबाट निकाल्न भन्दै साढे २ करोड लिने व्यक्ति कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १५:२३

२४ असार, काठमाडौं। जेलबाट निकाल्न भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँ भन्दा बढी लिएर ठगी गरको आरोपमा लागेका एक व्यक्ति कारागार चलान भएका छन् ।
कारागार चलान हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–५ का ५० वर्षीय दीपक चौलागाइँ रहेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद आचार्यको आइतबारको इजलासले दीपक चापागाँइलाई ३२ लाख र उनकी श्रीमती रिता कुमारी चौलागाईँलाई २ लाख धरौटी माग गरेको थियो ।

रिता भने २ लाख धरौटीमा बुझाएर रिहा भएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । दीपक भने धरौटी नबुझाएपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।

३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई जेलबाट निकालिदिन्छु भन्दै दीपकले २ करोड १५ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद पाण्डेलाई पनि जेलबाट निकाल्छु भन्दै दीपकले ४८ करोड ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो । ताराप्रसादको भने डिल्लीबजार कारागारमै १७ माघ २०७८ मा मृत्यु भएको थियो । ठगीने दुबै कैदी बैंकिङ कसुरमा जेल परेका थिए ।

यो ठगी प्रकरणमा अर्का व्यक्ति मीनबहादुर बस्नेतविरुद्ध पनि मुद्दा दायर भए पनि उनी भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?