
काठमाडौं । भारतीय मोडल तथा अभिनेत्री नोरा फतेहीको पछिल्लो गीत ‘नोरा’ विश्वव्यापी चर्चामा छ । समकालीन हिपहपलाई भारतीय शैलीको गायनसँग जोडेर नोराले उक्त गीतमा मोरक्कन डान्सको मिश्रण गरेकी छन् ।
बिहीबार रिलिज भएको उक्त गीतमाथि यतिबेला हजारौं रिल्स र भिडियो बनिरहेका छन् । मोरक्कन र भारतीय संस्कृति मिसिएको यो गीतमा नोराले हिपहपसँगै आकर्षक डान्ससँग दर्शकको मन जितेकी छन् ।
यो डान्सिङ ट्रयाकले विदेशी मात्र नभएर नेपाली युवतीहरुको पनि मन जितेको देखिन्छ । तीन मिनेट ५५ सेकेण्ड लामो यो गीतमा नेपालमा पनि रिल्स बनिरहेका छन् । जसमध्ये एक आकर्षक रिल्सलाई आफ्नो एकाउन्टबाट सेयर गर्दै आफ्नो गीतमा रिल्स बनाउने नेपाली युवतीको खुलेर प्रशंसा गरेकी छन् ।
नोराले इन्स्टाग्राममा नेपाली उद्यमी तथा कन्टेन्ट क्रिएटर सुष्मा कार्कीको ‘नोरा’ गीतको भिडियो सेयर गर्दै क्याप्सन लेखेकी छन्, ‘मलाई यसमा सबैभन्दा मनपरेको कुरा चाहिं भिडियोको अन्त्यमा राखिएको बीटीएस (बिहाइण्ड द सिन) हो । यसलाई राम्रो तुल्याउन धेरै मेहनत गरिएको छ । मलाई मुभ्स, लुक्स, सेटअप र तिम्रो सौन्दर्य मनपर्यो । तिमीले मेरो मन जित्यौ ।’
नोराले क्याप्सन मार्फत नेपाली युवतीले बनाएको भिडियोको प्रशंसा गरेकी छन् । नोराले क्याप्सनमा लभ हार्ट इमोजीको पनि प्रयोग गरेकी छन् । नोराले सेयर गरेको भिडियो बनाउने युवती नेपालकी डिजिटल कन्टेन्ट क्रिएटर सुष्मा कार्की हुन्, जो सौन्दर्य प्रसाधनको क्षेत्रमा कार्य गर्दै आएकी छन् ।
प्रतिक्रिया 4