+
+

भ्वाइस अफ नेपाल सिजन ६ को डिजिटल अडिसन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १६:३६

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को घोषणा भएको छ । हिमालय टेलिभिजनले सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ ।

डिजिटल अडिसनमा सहभागी हुन गीत गाएर भिडियो रेकर्ड गर्नुपर्नेछ । परिचय खुलाएर ९८१०१२४११० मा ह्वाट्स एपमा सन्देश पठाउनुपर्नेछ । हिमालय टिभी एपमा पनि भिडियो पठाउन सकिने जनाइएको छ ।

इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी हुन पाइने जनाइएको छ ।

‘अहिले भ्वाइस किड्स चलिरहेकाले यो सकिने बित्तिकै भ्वाइसको छैटौं सिजन सुरु गर्ने तयारी छ,’ निर्देशक पौडेलले भने । भ्वाइस किड्स सकिन अझै पाँच साता (१० एपिसोड) बाँकी छ ।

किड्स संस्करण सकिने बित्तिकै भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सुरु गर्ने तयारी छ । टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपाल युवापुस्तामाझ लोकप्रिय सांगीतिक प्लाटफर्म हो ।

छैटौं सिजनबारे विस्तृत खुलाइएको छैन । कुन कोचले निरन्तरता पाउनेछन् भन्ने पनि उल्लेख छैन । अघिल्ला सिजनमा निरन्तरता पाइरहेका प्रमोद खरेलले निरन्तरता पाउँछन् वा पाउँदैनन्, यो रोचक कुरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?