
२४ असार, धनगढी । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् ।
सोमाबार दिउँसो पुनर्वास नगरपालिका–५ को घ गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले बताए ।
डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेको जानकारी दिए । उनका अनुसार उनीहरुसँगै नुहाउन गएकी १६ वर्षीया आरती बोगटी भने बेपत्ता भएकी छन् ।
आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4