+
+

साटाको ८औं संस्करण नेपालमा आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १७:१६

२४ असार, काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ ।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रम १९ जुलाई २०२४ मा आयोजना हुने भएको छ । यस भेगका पर्यटन व्यवसायीबीच नेटवर्किङ अवसरका रुपमा समेत कार्यक्रम फलदायी हुने आयोजकको भनाइ छ ।

यस भेगको आतिथ्य क्षेत्रमा उत्कृष्ट काम गरेका कम्पनीहरू पुरस्कृत हुने समेत आयोजकको भनाइ छ ।

साटाको अघिल्ला संस्करणहरु दक्षिण एसियाका अन्य पर्यटकीय सहरमा आयोजना गरिएको थियो । जसमा श्रीलंकाको गल, भारतको मुम्बई र बैंगलौर, माल्दिभ्सको मालेसहितका सहर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?