+
+

२८ जेठयता विपद्‌मा परी ७४ जनाको मृत्यु, ५ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १७:३३

२४ असार, काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता प्राकृतिक विपद्‌मा परी ७४ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु र ५ बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्‌मा परी कोशी प्रदेशमा १८ जना, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्यु भएको हो ।

प्राकृतिक विपद्‌मा परी ८८ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ । ५३ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

२८ जेठयता विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन् ।

यो अवधिमा बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?