+

जयसूर्या श्रीलंकाका अन्तरिम मुख्य प्रशिक्षक

२०८१ असार  २४ गते १७:३९ २०८१ असार २४ गते १७:३९
जयसूर्या श्रीलंकाका अन्तरिम मुख्य प्रशिक्षक

२४ असार, काठमाडौं । क्रिकेटर सनथ जयसूर्या श्रीलंका क्रिकेट टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

श्रीलंकाले इंग्ल्यान्ड भ्रमणसम्म उनलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

श्रीलंका तीन टेष्ट खेलको सिरिजको लागि इंग्ल्यान्ड भ्रमणमा जादैछ । पहिलो टेष्ट २१ अगष्टदेखि म्यानचेस्टरमा सुरु हुनेछ । दोस्रो टेष्ट २९ अगष्टदेखि लड्स र तेस्रो टेस्ट ६ सेप्टेम्बरदेखि द ओभलमा सुरु हुनेछ ।

जयसूर्याले श्रीलंकाबाट तीनै संरचनामा ५८६ खेलमा २१ हजार ३२ रन बनाउनुको साथै ४४० विकेट लिएका छन् । एक समय विश्व क्रिकेटका उत्कृष्ट ओपनर उनी पछिल्लो समय श्रीलंका छनोटकर्ता र सल्लाहकारको रुपमा काम गर्दै आएका छन् ।

आईसीसी टी–२० विश्वकप २०२४ मा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि श्रीलंका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले पदबाट राजीनामा दिएका थिए । नेपालकै समूह डी मा रहेको श्रीलंकाले ४ खेलमा १ मा जित निकालेको थियो ।

श्रीलंकाले टी-२० विश्वकपमा नेदरल्यान्ड्सलाई ८३ रनले हराउँदा, बंगलादेशसँग २ विकेट र दक्षिण अफ्रिकासँग ६ विकेटले हारेको थियो । नेपालसँग भने वर्षाको कारण अंक बाँडेको थियो ।

सिल्भरवुडको मुख्य प्रशिक्षकमा श्रीलंकाले सन् २०२२ को एसिया कपको फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । २०२३ को एसिया कप फाइनलमा भारतसँग हारेको थियो ।

क्रिकेट श्रीलंका सनथ जयसूर्या

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय