+

अजलको अर्को राष्ट्रिय कीर्तिमान

२०८१ असार  २४ गते १७:५१ २०८१ असार २४ गते १७:५१
अजलको अर्को राष्ट्रिय कीर्तिमान

२४ असार, काठमाडौं । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् । अनुभवको नाममा ५९.७७ सेकेन्डको कीर्तिमान थियो ।

यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए । अजलले २६औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैंले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।

प्रतियोगितामा जम्मा ३ राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए । दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३ औं दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए । कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत ५ हजारका दरले नगद पुरस्कार पाए ।

प्रतियोगितामा १ सय ६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोस्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेस्रो बन्यो ।

समापनका अवसरमा भारतेको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको २ सय मिटर ब्याकस्ट्रोकमा कास्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । दुईदिने प्रतियोगितामा ३ सय ५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

नेपाल एक्वेटिक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय