+
+

प्रभासको ‘स्पिरिट’मा भिलेन बन्न लागेका कोरियाली अभिनेता दोङ सेओक को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १७:५२

काठमाडौं । दक्षिण कोरियाली अभिनेता मा दोङ सेओकलाई प्रभास स्टारर भारतीय फिल्म ‘स्पिरिट’मा खलनायकको भूमिका प्रस्ताव गरिएको छ । पिंकभिल्लाका अनुसार सन्दीप रेड्डी वाङ्गाले निर्देशन गर्ने यो फिल्मलाई धेरै एसियाली भाषामा रिलिज गरिने योजना छ ।

‘कल्की २८९८ एडी’ मार्फत यस वर्ष धेरै कमाउने भारतीय फिल्मको रेकर्ड राखेपछि प्रभासले आफ्नो सबै ध्यान आगामी फिल्मतर्फ केन्द्रित गरेका छन् । फिल्म ‘स्पिरिट’का लागि उनले ‘एनिमल’ फेम्ड चर्चित निर्देशक वांगासँग सहकार्य गर्न लागेका हुन् । केही समयदेखि यो फिल्मले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

यो फिल्मलाई लिएर यतिबेला नयाँ खबर छ– चर्चित दक्षिण कोरियाली अभिनेता सेओकलाई ‘स्पिरिट’मा भिलेनको रोलका लागि अफर गरिएको छ । हालैको ब्लकबस्टर कोरियाली फिल्म ‘द राउण्डअप : पनिसमेन्ट’ अभिनेता सेओकले तेलुगु फिल्ममा डेब्यु गर्न लागेको खबर चर्चित इन्टरटेनमेन्ट वेबसाइट कोली कर्नरले उल्लेख गरेको छ ।

कास्टिङलाई लिएर औपचारिक रुपमा केही घोषणा नगरिएपनि दुई भिन्न मुलुकका यी दुई स्टारको सम्भावित सहकार्यले माहोल गर्माएको छ । मा दोङ सेओक लोकप्रिय दक्षिण कोरियाली अभिनेता हुन्, जसले १५ वर्षको अभिनय करिअरमा ५० फिल्ममा काम गरेका छन् । उनी दक्षिण कोरियाका एक्सन सुपरस्टार हुन् ।

दक्षिण कोरियाली फिल्म उद्योगमा उनलाई प्रेमपूर्वक डन ली भनिन्छ । उनका प्रख्यात फिल्ममा ‘ट्रेन टु बुसान’, डेरेल, द आउटलज, द ब्याड गाइज : रेइन अफ केओस र मार्वल सिनेम्याटिक युनिभर्सको ‘इटर्नल्स’जस्ता फिल्म छन् । पछिल्लो समय के–पप र के–ड्रामाको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर उनलाई ‘स्पिरिट’मा कास्ट गर्ने निर्णय गरिएको हो ।

यी कोरियाली अभिनेताले आफ्नो भूमिकाको लागि १० करोड भारु पारिश्रमिक लिनसक्ने जनाइएको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि गरिएको छैन । फिल्मका निर्माताले सेटमा कोरियाली स्टन्ट कोरियोग्राफर ल्याउने योजना बनाएका छन् । ५३ वर्षीया अभिनेता सेओक मार्सल आर्ट्स प्रशिक्षक समेत हुन् ।

फिल्ममा अभिनेता प्रभास प्रहरीको भूमिकामा हुनेछन् । यो एक्सन फिल्म तेलुगु, तमिल, हिन्दी, मलयालम, कन्नड, कोरियाली, जापानी र चिनियाँसहित धेरै भाषामा रिलिज हुने चर्चा छ । फिल्ममा मृणाल ठाकुर, रश्मिका मन्दाना र कृति सुरेश जस्ता कलाकारको समेत अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?