+
+

सरकारमा जाने मेरो रुचि छैन : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते २०:०१

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा जान आफ्नो रुचि नभएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति गरेको कांग्रेसले पार्टीको नेतृत्व गरेर सरकारमा कसलाई पठाउछ भन्ने जिज्ञासा भइरहेका बेला सिटौलाले आफ्नो रुचि नरहेको बताएका हुन् ।

‘अब बन्ने सरकारमा जाने मेरो रुचि छैन। अरु साथीहरुले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन । विचार त पहिले मेरै बन्नुपर्छ नि, होइन र ?’, सिटौलाले अनलाइनखबरसँग भने ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता रहेका सिटौलाले सरकारलाई बाहिरबाटै सहयोग गर्ने बताए । उनले एमाले अध्यक्ष ओलीसँगको सम्बन्धका कारण आफूले सरकारमा जान्न नभनेको पनि बताए । ‘ओलीजीको नेतृत्वमा बन्ने सरकारलाई मेरो पूर्ण सहयोग हुन्छ । सैद्धान्तिक,राजनीतिक, सहयोग मेरो तर्फबाट गर्ने सबै सहयोग हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?