+
+

एफएनसीसीआईको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचित हुने, दुईजना वरिष्ठ उपाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते २२:०१
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल

२४ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेको हो । यससँगै पुनः महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन हुने जानकारी दिए ।

यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए । आफू वरिष्ठ उपाध्यक्ष उठ्दा उनले चुनावी नारामा यही विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

अध्यक्ष ढकालका अनुसार सोमबार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्काे कार्यकालबाट लागू हुने छ । अहिले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ छन् ।

संशोधित विधानमा एकबाट वरिष्ठ उपाध्यक्ष दुई जना रहने व्यवस्था गरिएको छ । त्यस्तै हाल तीन रहेको उपाध्यक्षमा थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?