+
+

बिलिङ प्रणाली स्तरोन्नति गर्दै एनटीसी, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते ७:४१

२५ असार, काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दैछ । त्यस क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ । सोही अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुन सक्ने सूचनामा उल्लेख छ ।

त्यसैले उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवाहरु भने यथावत सन्चालन हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?