
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा ‘मञ्जुरी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरियो ।
यो गीतलाई युट्युवमा ओएसआर डिजिटलको च्यानलमार्फत हेर्न सकिनेछ । फिल्मको महत्वपूर्ण अंशमा रहेको गीतले वर्षा र अमरको प्रेम अंकुरणदेखिको यात्रालाई चर्चा गरेको छ ।
एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको गीतको संगीत एसडीले गरेका हुन् । राम अविरल बिष्टले शब्द रचना गरेका छन् । संगीत निर्माता रिकेश गुरुङ हुन् ।
पत्रकार सम्मेलनमा डेब्यु एक्टर श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे । ‘यो मेरो पहिलो प्रयास हो । मलाई यहाँहरूको साथको जरुरत छ’ उनले भने ।
उनले दर्शकको चाहनाअनुसार आफू प्याकेज अभिनेता बन्न चाहेको बताए । को-एक्टर वर्षा सिवाकोटीसँग काम गर्न पाउँदा धेरै कुरा सिकेको उनले बताए ।
अभिनेत्री सिवाकोटीले फिल्म सुन्दर बनेको बताइन् । जोडीको रूपमा फिल्ममा देखिने कलाकार अमरको कामको उनले प्रशंसा गरिन् । फिल्मको व्यवसायिक भविष्यबाट आफू आशावादी रहेको उनले बताइन् ।
कार्यक्रममा निर्देशक शङ्कर कोइराला, निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ, छायांकार उत्सव दाहाल, सम्पादक भरत रेग्मी, डान्स कोरियोग्राफर किरण थापासहित कलाकारहरु सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुव्रतराज आचार्य लगायत सहभागि थिए ।
फिल्ममा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि अभिनय छ ।
फिल्म ‘मोदीबेनी’ साउन १८ गते रिलिज तयारीमा छ ।
प्रतिक्रिया 4