+

काभा यु-२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

२०८१ असार  २५ गते ९:३६ २०८१ असार २५ गते ९:३६
काभा यु-२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

२५ असार, काठमाडौं । माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो ।

च्याम्पियनसिपमा कूल चार टोलीको सहभागिता रहेको छ । जसमा नेपालले पहीलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । यस्तै दोस्रो खेल जुलाई २० मा कीर्गिस्तान तथा तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।

सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता खेलाइनेछ र लिग चरणपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।

लिगमा शीर्ष हुने र चौथो हुनेबीच सेमिफाइनल हुनेछ । यस्तै दवस्रो र तेस्रो हुनेबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

नेपालले उक्त च्याम्पियनसिपका लागि हाल तयारी गरिरहेको छ ।

केही दिनअघि भएकाे सहानाप्रधान स्मृति यु-१९ भलिबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा १२ खेलाडी छनोट गरिएको हो । नेपाली टोलीको प्रशिक्षकमा कुमार राई र अर्जुन घिमिरे छन् ।

मुख्य प्रशिक्षक कुमार राईले नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् ।

नेपाली टोली जुलाई १६ मा माल्दिभ्स प्रस्थान गर्नेछ ।

 

नेपाली टोली

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक – कुमार राई

सहायक प्रशिक्षक – अर्जुन घिमिरे

टिम व्यवस्थापक – जुनु पुन

काभा यु-२० महिला भलिबल महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय