+
+

माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १०:००

२५ असार, सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर जिसी चयन भएका छन् ।

दल नेता राजकुमार शर्माले सोमबार जिसीलाई प्रमुख सचेतक चयन गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका हुम्लाबाट निर्वाचित सांसद रणसिं परियार जलस्रोत तथा ऊर्जामन्त्री भएका छन् । परियार मन्त्री भएदेखि प्रमुख सचेतक पद रिक्त रहेको थियो ।

सुर्खेत क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित सांसद जिसी यसअघि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत भइसकेका थिए ।

मन्त्री हुँदा उनलाई प्रवक्ताको जिम्मेवारी समेत दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?