+
+

सांसद ईश्वरीले सुनाइन् कविता : कसलाई सुनाउँ मनसुनी बितन्डा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १३:१३

२५ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकार स्थिर नहुँदा स्पष्ट नीति बनाउन नसकिएको र स्पष्ट नीति नहुँदा मुलुक अपेक्षित गतिमा अगाडि बढ्न नसकिरहेको बताएकी छन् ।

राजनीतिक अस्थिरताले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वयोजना र पूर्वतयारीका लागि समेत काम गर्न नदिएको उनको भनाइ छ ।

यो भाव व्यक्त गर्न सांसद न्यौपानले प्रतिनिधि सभामा कविता नै सुनाएकी छन् ।

उस्तो छ सांसद न्यौपानेले मंगलबार प्रतिनिधि सभामा सुनाएको कविता :

कसलाई सुनाउँ मननुनी बितन्डा

बजेट सिद्धान्त प्राथमिकता एउटाको
बजेट प्रस्तुति अर्कोको
अनि, कार्यान्वयन फेरि अर्कैले
चार महिना भित्र घटेका यी घटना
मेरो देशको चित्र हो यो
सरकार बचाउने र बनाउने
सम्पूर्ण ध्यान यसमै छ
कसलाई सुनाउँ मननुनी बितन्डा
त्यसले बनाएको अस्तव्ययस्त जनजीवन
उद्धार कसले र कसी गर्ने ?
मेरो निर्वाचन क्षेत्र पुरै डुबानमा छ
वर्षातमा सन्मुमाथि घर,
सडक र पाल मुनिको बास
घरभित्र पानीले सबै स्वाहा
पेट भर्न चिउरा र चाउचाउको आश
टिकापुर, भजनी, जोशीपुर, जानकी
सँधैको यो पीडा भोगाइ र नियत्ति
बाढी आउँछ बितन्डा मच्चाउछ र जान्छ
क्षणभरमा सबै तहसनहस बनाउँछ
सरकारसँग मेरो अनुरोध छ
अब त स्थायी समाधान खोजौं
विपत्त आउनु अगाडि नै त्यो विपत्त रोकौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?