+
+

भक्तपुरमा दुई स्कुटर ठोक्किए, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १३:२४

२५ असार, काठमाडौं । भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–७ गुण्डू तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर मंगलबार बिहान आपासमा ठोक्किएका थिए ।

स्कुटर ठोक्किंदा बागमती प्रदेश–०२–०२२ प १७४८ का चालक सूर्यविनायक नगरपालिका–५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीय राजाराम थापा मगर गम्भीर घाइते भएका थिए ।

उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अर्का स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?