
काठमाडौं । नथिङ मोबाइल ब्रान्डले फोन, स्मार्ट वाच र एयर बड्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी र सीजी मोबाइल प्रालिका ब्रान्ड एम्बेसेडर प्रदीप खडकाले नथिङ ब्रान्डका उत्पादन सार्वजनिक गरेका हुन् ।
चौधरी र खड्काले सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २, सीएमएफ वाच प्रो २, सीएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (२ए) नथिङ इयर र नथिङ इयर (ए) सार्वजनिक गरेका हुन् ।
कालो, सुन्तला, हल्का हरियो र निलो रंगमा उपलब्ध सीएमएफ फोन १ को प्रत्येक संस्करणले परिष्कृत अनुभवका लागि टेक्स्चर केस र अधिक स्पर्श प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नथिङले ल्याएको फोन २एमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट रहेको छ । साथै नथिङको इअर र इअर (ए) ( इअर बड्स) पनि नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कार्ल पेइद्वारा स्थापित अग्रगामी ब्रिटिस-आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उपब्रान्ड सीएमएफ मार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन विस्तार गरेको छ ।
प्रतिक्रिया 4