+
+

शिवशिखरको ठैबस्थित मार्ट लिलाम गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १४:०३

२५ असार, काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारीको ललितपुर ठैबस्थित मार्ट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिलाम गर्ने भएको छ ।

२५ भदौ २०८० मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिवशिखर सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति तथा दायित्व राफसाफ गर्न समितिमा पठाएको थियो ।

सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भए पनि सहकारी सञ्चालक समिति खारेज भएर सञ्चालक समितिले गर्ने सम्पूर्ण अधिकार व्यवस्थापन समितिले गर्ने व्यवस्था छ ।

सोही अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ठैबस्थित सहकारी कार्यालय र ‘गार्डेन मार्ट’ रहेको संरचना लिलाम गर्न लागेको हो ।

समस्याग्रस्त घोषणा भएको एक वर्षसम्म समितिले बेवारिसे छोड्दा देशभरि रहका २२ मार्टमा  सबै सामान काम नलाग्ने र चोरी समेत भइसकेको समितिका कर्मचारी बताउँछन् ।

अहिले समितिले जग्गा भाडामा लिएर सहकारी मार्ट सञ्चालनका लागि बनाएको संरचना र कार्यालयमा रहेका फनिर्चर लगायत सामान लिलाम गर्न लागेको समिति सदस्यसचिव केशवप्रसाद पौडेलले बताए ।

‘ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४ ठैबस्थित गौरीलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ३२८ को क्षेत्रफल १ रोपानी २ आना जग्गामा संस्थाबाट संरचना निर्माण गरी गार्डेन मार्ट तथा सहकारी संस्था शाखा सञ्चालनमा रहेको थियो,’ समितिले मंगलबार जारी गरेको सूचनामा छ, ‘गार्डेन मार्टको संरचना, मार्टभित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर तथा कम्प्युटर उपकरणको न्यूनतम एकमुष्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ भएकोले, सहकारी ऐन २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड (ज) बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचबिखन गर्नुपर्ने भएकाले घरधनी, बचतकर्ता वा वाह्य इच्छुक पक्षले उक्त रकमभन्दा कम नहुने गरी गोप्य शिलबन्दी  निवेदन दिनुपर्ने छ ।’

मूल्यांकन रकमभन्दा कम नहुने गरी बढीबढाउमा सकार्न चाहे सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र समितिको कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी निवेदन दिन समितिले आह्वान गरेको हो ।

समितिले देशभरिका अन्य मार्टमा रहेका समान पनि मागदाबी फिर्ता लिने सर्तमा बचतकर्तालाई लिन आवदेन दिने गरी सूचना प्रकाशित गर्ने तयारी गरेको समिति सचिव पौडेलले बताए ।

सम्बन्धित स्थानीय तहको सहकारी शाखामा निवेदन दिनुपर्ने र समितिका कर्मचारी तथा पदाधिकारी उपस्थित भएर मूल्यांकन गरी सामान दिइने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?