+
+

ओलीलाई माओवादी सांसदको प्रश्न : कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १४:०४

२५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो पार्टीसँगको सहकार्य किन तोडिएको भन्‍नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

ओलीकै प्रस्तावमा ४ महिना अगाडि एमाले र माओवादीका बीचमा सहकार्य सुरु भएको उल्लेख गर्दै उनले प्रधानमन्त्ती प्रचण्डले ‘के गर्नुपर्नेमा के गर्न सकेनन् र गठबन्धन तोडिएको हो ‘ त्यो पनि बताइदिन भनेका छन् ।

‘मैले यही मञ्चबाट प्रश्न गर्नुपर्छ कमरेड केपी ओलीलाई, यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो । अहिले कुन उद्देश्यले केन्द्रित भएर सहकार्य तोड्नुभयो ?’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले भने ।

चार महिना अगाडि नै कम्युनिस्ट जनमतल निराश भएकाले सहकार्य गरौं भनेर एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेको र उक्त प्रस्तावलाई माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको बताए ।

तर, अहिले आएर सहकार्य तोडिनुको स्पष्ट कारण थाहा पाउन नसकेको उनले बताए । नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति नै गठबन्धन तोडिएको हो भन्ने उनको प्रश्न छ ।

वा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषय अगाडि बढेपछि गठबन्धन फेरिएको हो भन्ने उनको प्रश्न छ ।

ओलीले विगतमा पनि सरकारको नेतृत्व गरेको र झण्डै दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व समेत गरेको बताए । ‘उहाँ सरकारमा जाादा ७ खर्ब ऋण थियो । सरकारबाट फर्किँदा १८ खर्ब पुग्यो । ११ खर्ब ऋण नेपालको बढेको छ’ सांसद दाहालले भने ।

ओली नेतृत्वको सरकारकै पालामा भएको भ्रष्टाचारका फाइलहरु समेत खुल्न थालेपछि सरकार फेरिएको हो भन्ने उनको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?