+
+

विकास बैंक र माइक्रोफाइनान्समा उत्साह, नेप्से २१५२ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १५:१०

२५ असार, काठमाडौं । मंगलबार सेयर बजारमा विकास बैंक र माइक्रोफाइनान्स समूहमा आकर्षण देखिएको छ । समग्र नेप्से परिसूचक १५.७९ अंक (०.७३ प्रतिशत) बढ्दा विकास बैंक समूहको सूचक २.४ प्रतिशत र माइक्रोफाइनान्स समूहको सूचक ३.० प्रतिशत बढ्यो ।

मंगलबारको कारोबारपछि नेप्से परिसूचक २१५२ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५३ करोडको भयो । कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो ।

समूहगत रुपमा बैंकिङ ६, विकास बैंक १०९, हाइड्रोपावर १३, जीवन बीमा २७, माइक्रोफाइनान्स १४२, निर्जीवन बीमा ४८, अन्य १० अंक बढे । त्यस्तै फाइनान्स ३, होटल तथा पर्यटन १५, उत्पादन ३५ र व्यापार समूह ९ अंक घटे ।

गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावरको ९.९, युनिक नेपाल लघुवित्तको ९.७, सबैको लघुवित्तको ९.१, महिला लघुवित्तको ८.८, सपोर्ट माइक्रोफाइनान्सको ८.७ तथा जाल्पा लघुवित्तको ८.२ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको मूल्य ४ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.९, जानाकी फाइनान्सको ३.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, जानाकी फाइनान्स, ङादी ग्रुप, र ग्लोबल आईएमई लघुवित्त क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?